नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीको आन्दोलनप्रति समर्थन छ :ट्रेड युनियन कांग्रेस
१७ पुष, २०८१, बुधवार
- ‘नेपालगञ्ज मेडिकल कलेजमा क्रियाशील रहेका कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी युनियनको तर्फबाट संयुक्त रुपमा राखिएका मागप्रति यस महासंघको ध्यानाकर्षण भएको छ ।
काठमाडौं संस्था लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमिटेड संचालक रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी एवम स्वास्थ्यकर्मीहरु माग र आन्दोलनप्रति नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले समर्थन जनाएको छ ।
बुधबार ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्तिमार्फ आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
‘नेपालगञ्ज मेडिकल कलेजमा क्रियाशील रहेका कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी युनियनको तर्फबाट संयुक्त रुपमा राखिएका मागप्रति यस महासंघको ध्यानाकर्षण भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस संयुक्त रुपमा राखिएका उक्त माग प्रति ऐक्यवद्धता जाहेर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘कर्मचारी आन्दोलन र आन्दोलनमा राखिएका मागका सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत ध्यानाकर्षण भई प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक, निजी अस्पतालमा कार्यरत कर्मचारीहरुको न्यूनतम पारिश्रमिक, सेवा सुविधा, अतिरिक्त भत्ता, करार नियुक्ति तथा सम्झौताका विषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०८१÷०८÷२७ गते सचिव स्तरीय निर्णय समेत भईसकेको अवस्थामा नेपालगञ्ज मेडिकल कलेजलाई सो निर्णय कार्यान्वयन गर्न र कर्मचारीहरुको मागको विषयमा ब्यवस्थापन पक्ष र क्रियाशील कर्मचारी संघ, संगठन र स्वास्थ्यकर्मी युनियनको प्रतिनिधिका बीच वार्ता र छलफलको माध्यमबाट समाधान गरी सेवारत कर्मचारीहरुलाई सहज रुपमा काममा फर्कने वातावरण सिर्जना गर्न नेपाल ट्रेड युनियन काँग्रेस ब्यवस्थापन पक्षसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै ट्रेड युनियन कांग्रेसले आइएलओ महासन्धीले प्रत्याभुत गरेको सामूहिक सौदावाजीको हक र श्रमिकको माग पूरा गर्न हडताल गर्ने अधिकारलाई कुण्ठित गर्न नपाइने पनि जनाएको छ । ‘आइएलओ महासन्धीले प्रत्याभूत गरेको सामुहिक सौदावाजीको हक र श्रमिकका माग पुरा गर्न हडताल गर्ने अधिकारलाई कुण्ठित गर्ने मनसायका साथै श्रम ऐनको मर्म विपरीत श्रमिक तथा ट्रेड युनियनहरु माथि मुद्दा लगाई आन्दोलनमा जान बञ्चित गर्ने कार्यलाई कदापि न्यायोचित मान्न सकिदैन र यो महासंघ यस्ता कार्यको घोर भत्र्सना गर्दै उक्त मुद्दा अविलम्व फिर्ता लिई सरोकारवालाहरुसँग छलफल तथा सम्वादद्धारा समस्या समाधान गर्न यस महासंघ व्यवस्थापन पक्षसँग माग गर्दै सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छ,’ महाहसचिव राईले विज्ञप्तिमा भनेका छन् ।
करिव १ हजार ५ सय कर्मचारी रहेको सो शिक्षण अस्पतालमा बिगत केही दिनदेखि विभिन्न ५४ बुँदे माग राखेर कर्मचारीहरु आन्दोलनरत छन् । आन्दोलनरत कर्मचारीले अस्पतालको ओपिडि समेत ठप्प पारेर अन्दोलन चर्काउदै आएका छन । उनीहरुको आन्दोलनका कारण दैनिक ८ सय विरामीहरु सेवा लिन बञ्चित भएको अस्पताल प्रशासन दाबी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास उद्योग सङ्घको अपिल: ग्यास अभाव अस्थायी, अनावश्यक रूपमा संकलन नगर्न आग्रह
-
सुनसरी घटनाका घाइतेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु
-
नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार
-
मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण
-
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने सहमति
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।